निर्णायक वार्ता पनि निष्कर्षविहीन देउवासँग छलफल सकेर निस्किए थापा र शर्मा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् । निर्णायक छलफलका लागि देउवा निवासमा पुगेका उनीहरू छलफल सकेर भर्खरै बाहिरिएका हुन् ।वार्तामा कुनै सहमति नभएको छलफलमा सहभागी एक नेताले बताए । दुवै पक्षले आ-आफ्ना अडान यथावत् राखेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।विशेष महाधिवेशनमा नयाँ नेतृत्व चुन्न निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला विवाद समाधानका लागि महामन्त्रीद्वय र सभापति देउवाबीच भेटवार्ता भएको थियो । नेता देवराज चालिसेका अनुसार देउवा निवास महाराजगञ्जम...