कांग्रेसका सभापति देउवा र दुई महामन्त्रीबीच छलफल चल्दै

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच अहिले छलफलमा भैरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेसँगै सभापति देउवा आफैँ छलफलमा जुट्नुभएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई महाराजगञ्जमा रहेको आफ्नै निवासमा छलफलका लागि बोलाउनुभएको हो । देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पनि पुग्नुभएको छ । यता भृकुटीमण्डपमा चलिरहेको विशेष...