विश्व क्रिकेटमा बेलाबखत रमाइला घटना हुने गरेका छन् । समय–सयमा खेल मैदानमै पनि खेलाडीहरूले अचम्मको व्यवहार देखाउँछन् । खेल मैदानमा खेलाडीले देखाउने कतिपय व्यवहार त यति आश्चर्यजनक हुन्छन्, जसको चर्चा वर्षौँपछि पनि हुने गर्छ । यस्तै एउटा अविश्वासिलो घटना विश्व क्रिकेटका एक महान खेलाडीसँग जोडिएको छ । अहिले क्रिकेट खेलमा खेलाडीले कस्तो ब्याट वा बल प्रयोग गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नियममै स्पष्ट उल्लेख गरिएको हुन्छ । अहिले आईसीसीले क्रिकेटसँग सम्बन्धित स–साना कुरालाई पनि आफ्नो नियमम...