चीनमा शेयर बजारको विश्लेषण र भविष्यवाणी गर्ने एआई मोडल सार्वजनिक

चीनले पहिलोपटक मौसम परिवर्तनले वित्तीय बजारमा पार्ने प्रभाव विश्लेषण गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको छ । चीनको मौसम विभाग (सीएमए) का अनुसार यो पहल जलवायु जोखिम व्यवस्थापनतर्फको एक महत्त्वपूर्ण प्रगतिशील कदम हो । ‘शाङ्जी–१’ नामक एआई मोडल शाङ्घामा रहेको फुदान विश्वविद्यालय र राष्ट्रिय मौसम सूचना केन्द्रले संयुक्त रूपमा विकास गरेका चिनियाँ समाचारसंस्था सिह्वाले जनाएको छ । यो मोडलले मौसमसँग सम्बन्धित विभिन्न तत्वहरूले शेयर मूल्यमा पार्ने प्रभावको मूल्याङ्कन गर्छ । यसका आधारमा लगानी निर्ण...