नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई चुनाव लड्न नदिने भनेर भएको चर्चाबारे महामन्त्रीहरूसँग चासो राखेका छन् । आफ्नै निवास महाराजगञ्जमा बुधबार बिहान भएको वार्तामा देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग चुनावमा आफ्नो उम्मेदवारीको विषयबारे प्रश्न गरेका हुन् । 'सभापतिज्यूले तिमीहरूले मलाई चुनावै लड्न नदिने भन्या हो ? भनेर सोध्नुभयो,' वार्तामा भएको संवाद उद्धृत गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले लोकान्तरसँग भने, 'त्यस्तो त होइन, हामीले भन्या छैनौं भन्ने महामन्त्रीहरूको कुरा थ...