काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज बिहान भएको बैठक सकिएको छ । उहाँहरुबीच फेरि अर्को चरणमा कुराकानी हुने भएको छ । आज बिहान महाराजगञ्जमा भएको छलफलमा सभापति देउवाले पार्टीलाई एकतावद्ध गर्न आफू हदैसम्म उदार हुन तयार रहेको बताउनुभएको छ । तर थापा र शर्माले महाधिवेशन प्रतिनिधिसँग सल्लाह गर्ने जवाफ दिनुभएको छ । महामन्त्री थापा र शर्माको आह्वानमा शुरू भएको विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेसँगै सभापति देउवा आज आफैँ छलफलमा जुट्नुभएको...