काठमाण्डौ – सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरमा रहेको एसबीआई बैंकको शाखाबाट तीन करोड १० लाख ९५ हजार रुपैयाँ बराबरको रकम लुटपाट भएको छ । हिजो बेलुका चार–पाँच जनाको संख्यामा रहेको समूहले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर रकम लुटपाट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रोक्नेक्रममा सुरक्षागार्ड रुद्र कार्की घाइते हुनुभएको छ । लुटपाटमा संलग्नमध्ये गाडी, त्यसका चालकसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटिएको...