नेतृत्व चयनतर्फ अघि बढ्यो कांग्रेसको विशेष महाधिवेशन, विद्युतीय मतदान हुने

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान हुने भएको छ । निर्वाचन हुने पदहरूमा विद्युतीय मतदानको व्यवस्था गरिने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । मनोनयन सकेर दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाश गर्ने उनले बताए । त्यसपछि विद्युतीय मतदानमार्फत नेतृत्व चयन हुने केसीको भनाइ छ । पार्टीका ५४ प्रतिशत महाधिवेशनको मागलाई पार्टी नेतृत्वले लत्याएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन आयोजना भएको हो । स...