नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको वार्तामा सहमति जुट्न नसकेपछि विशेष महाधिवेशन पक्ष निराश बनेको छ । वार्ता टोलीले मंगलबार दिनभर र महामन्त्री थापा र शर्माले बुधबार बिहान छलफल गरेका थिए । देउवासँगको छलफलमा सहमति नभएपछि भृकुटीमण्डपमा बन्दशत्र शुरू हुन थालेको छ । बन्दशत्रको हलमा प्रवेश गर्नुअघि नेता प्रदीप पौडेलले निराशाजनक प्रतिक्रिया थिए । ‘यतिमात्र भन्छु, प्रयास अझै पनि जारी छ,’ पौडेलले भने । विशेष महाधिवेशनको चौथो दिन नयाँ नेतृत्व...