काठमाण्डाै – माघेसङ्क्रान्तिका लागि टाेखाका व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । टाेखाका व्यवसायी चाकु तयार पारेर बजारमा पठाउन व्यस्त छन् । नेपालको हिमाली र पहाडी भेगमा माघेसङ्क्रान्तिलाई जाडोयामको अन्त्य र वसन्तको आगमनको सङ्केत मानिन्छ । यो पर्वमा चाकुको विशेष महत्त्व छ । उखुको रसलाई लामो समयसम्म उमालेर घीउ हालेर तयार पारिने यो मीठाइले शरीरलाई न्यानो राख्ने र स्वास्थ्यवर्द्धक मानिन्छ । माघेसङ्क्रान्तिमा चाकु खाँदा रोगव्याधि भाग्ने र नयाँ वर्षमा शुभ हुने मान्यता छ । परम्परागत रूपमा यो दिन चाकुको साथमा तिलको ...