कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी

नेपाली कांग्रेसको सभापतिका लागि गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । सभापतिमा थापाको एकल उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समिति स्रोतले जानकारी दियो ।  काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरू भएपछि थापाले उम्मेदवारी दिएका हुन् । सहमतिका प्रयास विफल भएपछि महाधिवेशन निर्वाचन प्रक्रियामा गएको हो ।