एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

३० पुस, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०।५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । […]