नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ कायम भएको छ । मङ्गलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० मा कारोबार भएको थियो । गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १०० रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको...