उडान भर्ने तयारीमा रहेको जहाजमा यात्रुले अचानक आपतकालीन ढोका खोलेपछि...

भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडानमा एक यात्रुले अचानक आपतकालीन ढोका खोलेपछि उडान ढिलो भएको छ । बुद्ध एयरका अनुसार आज भैरहवाबाट काठमाडौंका लागि निर्धारित उडान नम्बर ८५२ (जहाज ९एन–एएमडी) मा सवार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा विमानको आपतकालीन ढोका खोलेका थिए । उक्त घटनापछि उडान तत्काल रोकिएको थियो । घटनामा संलग्न यात्रुलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ । हवाई सुरक्षा मापदण्डअनुसार जहाजको पूर्ण प्राविधिक परीक्षण आवश्यक पर्ने भएकाले काठमाडौ...