नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू भएसँगै विशेष महाधिवेशन पक्षधर नेताहरू सहमति जुटाउन लागेका छन् । सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । विशेष महाधिवेशनले छोटो समयका लागि नेतृत्व चयन गर्ने भएकाले सहमतिको प्रयास भइरहेको एक नेताले जानकारी दिए । ‘पार्टीको मूल नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामीहरूबीच सहमति छ । कोही पनि पदका लागि मरिहत्ते गर्दैनौं,’ गगननिकट एक केन्द्रीय सदस्यले भने, ‘सबैलाई मान्य हुने...