जाडोको यो बेला दिन प्रतिदिन चिसो बढ्दैछ । यो समयमा बालबालिका र ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । छाती वा फोक्सोमा सङ्क्रमण बढ्दा निमोनिया हुन्छ । कुनै पनि कीटाणु, जीवाणु वा विषाणुले फोक्सोमा असर गरेपछि निमोनिया हुन्छ । यसले ज्वरो आउने, सास फेर्न गाह्रो हुने, स्वाँस्वाँ हुने, खोकी लाग्नेजस्ता लक्षण देखा पर्छ । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्ने भए पनि नवजात शिशु, पाँच वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकमा जोखिम धेरै हुन्छ । पाँच वर्षमुनिका बालबालिकामा ज्यान जाने प्रमुख तीन कारकमध्ये निमोन...