नेपाली कांग्रेसमा सहमतिका लागि अन्तिम प्रयास भइरहेको पाइएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता समेत भइसकेको अवस्थामा सहमतिको अन्तिम प्रयास स्वरूप विशेष पक्षले ८ वटा बुँदा सभापति शेरबहादुर देउवासमक्ष पठाएको छ । 'हामीले सहमतिका लागि अन्तिम प्रयास स्वरूप ८ वटा बुँदा पठाएका छौं,' विशेष पक्षका एक नेताले भने, 'त्यसमा उहाँहरूको रेस्पोन्स कुरिरहेका छौं ।' सभापतिको बहिर्गमन र संरक्षक बनेर बस्ने, चुनावमा गठबन्धन नगर्ने, उम्मेदवार चयनका लागि सबै पक्षलाई समेटेर संसदीय बोर्ड गठन गर्ने,...