केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता डा. शेखर कोइरालाले पार्टी नफुट्ने दाबी गरेका छन् । बुधबार दिउँसो पार्टी कार्यालयमा पुगेका कोइरालाले यत्तिकै पार्टी नफुट्ने दाबी गरेका हुन् । ‘यत्तिकै पार्टी फुट्छ ?’ कोइरालाले पार्टी कार्यालयमा छिर्नुअघि पत्रकारहरूसँग भने । कोइरालाले हिजो र आज पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए । सानेपा पुगेर कोइरालाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग समेत छलफल गरेका छन् । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व छान्ने तया...