सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइल नम्बरमा ५० लाख जनालाई म्यासेज गर्ने निर्देश सेढाईँलाई प्रहरीले पक्राउ गरेको छ । चितवन घर भएका सेढाईंलाई मंगलबार राति काठमाडौंको हात्तीसारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए । गाडी व्यवसाय गर्दै आएका ३४ वर्षीय सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरेर ‘एटी अलर्ट’मार्फत् ५० लाख एसएमएस पठाएका थिए । सेढाईंले ५० लाख मानिसलाई म्यासेज गरेको स्वीकारेको एसपी आचार्यले जानकारी दि...