३० पुस, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीबीच आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् । बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले जेनजी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरू बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरू नभएको अवस्थामा हुन लागेको निर्वाचनले सुरक्षा चुनौती खडा गरेको बताए । ‘हामी निर्वाचनको मुखमा आइपुगेका […]