काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको वार्मअप खेलमा नेपाल आयरल्यान्डसँग भएको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा १ सय १ रन बनाउँदा सबै विकेट गुमायो । नेपालकी कविता जोशीले सबैभन्दा धेरै २८ रन बनाइन् । आयरल्यान्डका लारा म्याकब्राइड, अर्लेन केली, ओर्ला प्रेन्डरगास्ट र एमी म्यागुइरले २/२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनायो । आ...