नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएका छन् । सहमतिका लागि अन्तिम प्रयासस्वरूप उनीहरूले उक्त प्रस्ताव पठाएका हुन् । जसमा देउवाले कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने उल्लेख छ। यसैगरी, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर चुनावमा जानुपर्ने, कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्...