एन्फा राष्ट्रिय लिग फूटबल प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले विजयी शुरूआत गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार खेलिएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले काँक्रेबिहार युथ क्लबलाई ३–१ गोलले हराएको हो । खेलमा अग्रता भने काँक्रेबिहार युथ क्लबले लिएको थियो । खेल शुरू भएको छैटौं मिनेटमै फ्रेन्ड्स क्लबका कमल श्रेष्ठबाट आत्मघाती गोल भएपछि काँक्रेबिहार अगाडि बढेको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फ्रेन्ड्स क्लबका प्रशान्त लकसमले गोल गर्दै खेललाई १/१...