नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौंबाट चुनावी अभियान शुरू गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौंमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको एमाले सचिव एवं प्रदेशका इन्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै एमालेको संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौंमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इन्चार्ज डा. राजन भट्टराईले बताए । एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठ...