गगनविरुद्ध संस्थापनका नेताको कटाक्ष– प्रधानमन्त्री बन्न चाहेका मान्छेको चुनाव क्षेत्र कुन हो ?

टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाविरुद्ध पार्टी कार्यालयमा तथानाम बोलेका छन् । गगन–विश्वजस्ता आलाकाँचाले पार्टी चलाउन नसक्ने आरोप उनले लगाए । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले विशेष महाधिवेशन पक्षधरलाई नौटङ्कीबाज भन्दै उछितो काडेका हुन् । ‘यस्ता नौटङ्की बाजलाई मेरो समर्थन रहँदैन, त्यस्ता आलाकाँचाले कांग्रेस जस्तो पार्टी चलाउन सक्छन् ?,’ उनले प्रश्न गरे । उनले कांग्रेसको तर्फबा...