काठमाण्डाै – राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबले विजयी शुरुआत गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा फ्रेन्ड्सले काँक्रेबिहार क्लबलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सका प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईंले गोल गरे । काँक्रेबिहारले एक गोल उपहारका रूपमा पायो । प्रतियोगिताको दोस्रो खेलमा अहिले एन्फा कम्प्लेक्समा श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल चलिरहेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ ...