कांग्रेस विशेष महाधिवेशनको निर्वाचन तालिका संशोधन, राति ८ बजेदेखि मतदान

नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन तालिका संशोधन भएको छ । संशोधित कार्यतालिका अनुसार उम्मेदवारको नामावली अपरान्ह ४ बजे प्रकाशित गरिने केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । उनका अनुसार मतदान राति ८ बजेबाट शुरू हुनेछ । उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने र राति ८ बजेदेखि ११ बजेसम्म मतदान हुने उनले जानकारी दिए । कांग्रेस संस्थापन पक्षसँग निरन्तर वार्ता जारी रहेको र सहमतिको प्रयास भइरहेकाले निर्वाचन तालिका संशोधन गरिएको स्रोतले जानकारी ...