हामीले धेरै प्रयास गर्‍यौं तर अहिलेसम्म सहमति जुट्न सकेन- रमेश लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग अहिलेसम्म सहमति हुन नसकेको बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै वार्ता समिति सदस्य समेत रहेका लेखकले आफूहरूले सहमतिका लागि अधिकतम प्रयास गरेका बताएका हुन् । ‘हामीले धेरै प्रयास गर्‍यौं, लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान हुन सकेको छैन । छलफलले सफलता पाउन सकेको छैन’, लेखकले बैठकमा भने । आइतबारदेखि काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन जारी छ । जसलाई संस्थापन पक्षले अवैधानिक भन्दै आएको छ । म...