नेकपामा समाहित भए सुमन सायमी

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितको समूह नेपाली कम्युनिस्ट पार्टी नेकपामा समाहित भएको छ । बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह–संयोजक माधवकुमार नेपालले सायमीलाई पार्टीमा स्वागत गरे । सायमी अघिल्लोपटक काठमाडौं- ८ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । सो क्षेत्रमा रास्वपाका विराजभक्त श्रेष्ठ १० हजार मत ल्याएर विजयी हुँदा सायमीले झण्डै ६ हजार मत ल्याएका थिए । उनले स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारक...