उमेर बढ्दै गएसँगै व्यक्तिहरूलाई जोर्नी दुख्ने समस्या हुन्छ । जोर्नीहरूमा निरन्तर दुखाइ हुनुको मुख्य कारण हड्डी खिइनु हो । चिकित्सकीय भाषामा यसलाई ‘ओस्टियोआर्थराइटिस’ भनिन्छ । हाम्रा जोर्नीहरूमा कुरकुरे हड्डी हुन्छ । यसलाई बाहिरबाट कार्टिलेजको तहले सुरक्षा गरिरहेको हुन्छ । कार्टिलेज हड्डीहरू बीच रहने नरम, कुशन जस्तो पदार्थ हो । यसलाई हड्डीहरूको प्याड वा कुशनको रूपमा […]