विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले चुनावमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने प्रस्ताव संस्थापन पक्षले स्वीकार नगर्दा सहमति जुट्न नसकेको बताएका छन् । अन्य विषयमा सहमति जुटे पनि संस्थापन पक्ष प्रधानमन्त्रीको उम्मेदवार तोक्ने कुरामा सहमत हुन नसकेको उनले बताए । बुधबार दिउँसो लोकान्तरसँग कुरा गर्दै घिमिरेले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाँदा जनतामा सकारात्मक सन्देश जाने भएकोले त्यसलाई आफूहरूले बटमलाइन बनाएको बताए । ‘०५६ सालमा किशुनजीलाई कांग्रेसले प्रधानमन्त्रीको उम्मे...