कांग्रेस बैठकमा रमेश लेखकको ब्रिफिङ– सातौं नम्बर बुँदामा कुरा मिल्न सकेन

नेपाली कांग्रेसको संस्थापन पक्षका तर्फबाट वार्तामा संलग्न भएका नेता रमेश लेखकले चुनावअघि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने विषयमा कुरा नमिलेको ब्रिफिङ पार्टीमा गरेका छन् । पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा लेखकले विशेष महाधिवेशन पक्षधरको तर्फबाट गरिएको सात नम्बर बुँदामा कुरा मिल्न नसकेको प्रस्ट पारेका हुन् । 'सातौं नम्बरमा नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने विषय उठाइएको छ । यस विषयमा हाम्रो धारणा के हो भने, मैले भर्खरै विश्वजीसँग दुई–तीनपट...