विशेष महाधिवेशनबाट नेतृत्व नचुनिँदै गगन–विश्वलाई कारबाही, विभाजनको डिलमा कांग्रेस

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेतालाई संस्थापन पक्षले कारबाही गरेसँगै नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकले थापा, शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको हो । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयलाई कारबाहीको प्रस्ताव राखेका थिए । गगन–विश्वलाई पार्टी सदस्यता नरहने गरी कारबाही गरेपछि नेपाली कांग्रेस विभाजनउन्मुख बनेको छ । केन्द्रीय समितिको निर्णयपछि विशेष महाधिवेशन पक्षधर न...