नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले लिए पद तथा गोपनीयताको शपथ

नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरीले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औं बैठकले चौधरीलाई सर्वसम्मतीले अध्यक्षमा चयन गरेको थियो । व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रूपमा जिम्मेवारी वहन गर्दै आएका छन् । समाज सेवामा प...