शेयर बजार सामान्य बढ्दा फाइनान्स समूह २.५५ प्रतिशतले उकालाे लाग्याे

काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४१ दशमलव ४३ विन्दुमा पुगेको छ । आज बैंक, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह २ दशमलव ५५ प्रतिशतले उकालो लागेको छ । आज १ सय २५ वटा कम्पनीको शेयर बढेकोमा १ सय २४ वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन आईसीएफसी फाइनान्सको डिबेन्चर २०८८ सब...