कारबाहीपछि विश्वप्रकाशको प्रतिक्रिया- विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ !

केन्द्रीय समितिले कारबाहीको निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि अघि सारिएको बुँदा सार्वजनिक गरेका छन् । उनले सहमतिका लागि अघि सारिएका बुँदा उल्लेख गर्दै कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ भन्दै प्रश्न समेत गरेका छन् । उनले अर्का महामन्त्री गगन थापा र आफ्नो मुस्कुराइरहेको तस्वीरसहित सामाजिक सञ्जालमा सहमतिका लागि प्रस्ताव गरिएका बुँदा सार्वजनिक गरेका हुन् । ‘मुस्कुराउँदै फेरि पढेँ यी बुँदा,‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थाप...