गगन-विश्वलाई कारबाहीपछि भृकुटीमण्डपमा नाराबाजी, नेतृत्व घोषणा गर्न प्रतिनिधिको दबाब

केन्द्रीय समितिबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरिएपछि कांग्रेसको विशेष महाधिवेशनस्थलमा कार्यकर्ताले नाराबाजी गरेका छन् ।  बुधबार बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेको थियो । त्यसलगत्तै भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिले ‘तानाशाही निर्णय मुर्दावाद !’ भन्दै नाराबाजी गरेका हुन् ।