नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले पार्टी विभाजन रोक्न नसकेको भन्दै माफी मागेका छन् । सभापति शेरबहादुर देउवा र संस्थापन पक्षको अधिकतम लचकताका बाबजुद पनि पार्टीलाई फुटबाट जोगाउन नसकिएको शाहीले बताएका छन् । सामाजिक सञ्जालमा एक टिप्पणी सार्वजनिक गर्दै शाहीले पार्टीलाई विभाजनबाट जोगाउन नसकेको भन्दै माफी मागेका हुन् । ‘सभापतिज्यूसहित नेतृत्व र संस्थापन पक्षको अधिकतम लचकता बाबजुद पार्टीलाई फुटबाट जोगाउन सकिएन । पार्टीलाई विभाजनबाट जोगाउन नसकेकोमा क्षमा चाहन्छौं’, शाहीले लेखेका छन्, ‘र, सम्पू...