नेपाली कांग्रेसका प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले कारबाहीमा परेका नेतात्रय महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरले पुनरावेदन गरेमा केन्द्रीय समितिले कारबाही फुकुवा गर्नसक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै थापा, शर्मा र मन्सुरलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा विश्वकर्माले सञ्चारकर्मीसँग भने, ‘वार्ता र आन्तरिक छलफलबाट कुरा नमिलेपछ...