कुमारी बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बुधबार सभा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्तावको रूपमा पेस गरिएको आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आब २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित गरेको छ । विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्...