काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदाे चुनावमा प्रधानमन्त्रको नयाँ उम्मेदवार तोकेर जाने मात्रै आफूहरूको माग रहेको बताउनुभएको छ । आज नेपाली कांग्रेसको विशेष महाधिवेशमा सम्बाेधन गर्दै महामन्त्री थापाले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताउनुभयो । उहाँले विशेष महाधिवेशनपछि कांग्रेस सुधारिएर आएको सन्देश नागरिकमा दिनुपर्ने भन्ने आफूहरूको मागलाई बेवस्ता गरिएको उल्लेख गर्नुभयाे । सभापति शेरबहादुर देउवाबाहेक अरू जसलाई प्रधानमन्त्रीको उम्मेदवार तोक्दा पनि आफूहरूलाई मान्य हुने थापाकाे भनाइ छ ।...