काठमाण्डाै – भारतका स्टार क्रिकेटर विराट कोहली आईसीसी एकदिवसीय वरीयताको ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । भारतकै रोहित शर्मालाई पछि पार्दै ३७ वर्षीय कोहली एक स्थान सुधार गरेर चार वर्षपछि ब्याटिङ वरीयतामा पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । आइतवार बडोदरामा भएको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डसँगको खेलमा कोहलीले ९३ रन बनाएका थिए । त्यो खेल भारतले ४ विकेटले जितेको थियो । कोहली सन् २०२१ को जुलाईपछि पहिलो पटक शीर्ष स्थानमा पुगेका हुन् । उनी ११औं पटक विश्वको नम्बर एक एकदिवसीय ब्याटर बनेका हुन् । विराट ...