नेशनल लाइफ इन्स्योरेन्सले ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बुधबार सम्पन्न ३८ औं वार्षिक साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि चुक्ता पुँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रूपैयाँको आधारमा ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रूपैयाँ पुगेको छ । साधारणसभामा अध्यक्ष प्रेमा सिंहले समीक्षा वर्ष २०८१/८२ मा विश्व अ...