नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई नेतृत्व गर्न सक्ने दह्रो मान्छे गगन थापा रहेको बताएका छन् । उनले गगनको नेतृत्वमा अब कांग्रेस नयाँ ऊर्जावान बन्ने बताए । कांग्रेस विशेष महाधिवेशनको बन्दशत्रलाई बुधबार सम्बोधन गर्दै शर्माले कांग्रेस र देशलाई बदल्नका लागि गगन अपरिहार्य रहेको बताएका हुन् । ‘कांग्रेसलाई नेतृत्व गर्न सक्ने र देशलाई बदल्न सक्ने दह्रो मान्छे गगन थापा हो,’ शर्माले भने । शर्माले विशेष महाधिवेशनबाट आउने नयाँ नेतृत्वले कसैलाई कारबाही नगर्ने र सबैलाई मिलाएर लैजाने ब...