नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको आफ्नो ३९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा शेयरधनी महानुभावको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ...