काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । आज नेपाली कांग्रेसको विशेष महाधिवेशमा सम्बाेधन गर्दै महामन्त्री शर्माले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीलाई अहिलेकाे अवस्थाबाट माथि उठाउन चलिरहेकाे महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा...