सूर्य नेपाल इस्टर्न ओपन : नेपालका नम्बर एक गल्फर निरजलाई ३ स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको दोस्रो महत्वपूर्ण प्रतियोगिता ‘सूर्य नेपाल इस्टर्न ओपन’ बुधबारदेखि धरानमा शुरू भएको छ ।  पहिलो दिन नेपालका नम्बर एक प्रो गल्फर निरज तामाङ ६ अन्डर ६४ को उत्कृष्ट स्कोरसहित शीर्ष स्थानमा रहन सफल भएका छन् । निरजले १८ होलको समाप्तिमा टंकबहादुर कार्की र बलभद्र राईसँग तीन स्ट्रोकको अग्रता बनाएका छन् । तीन अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्त रूपमा दोस्रो स्थानमा छन् । एक अन्डर ६९ को स्कोरसहित दुई पूर्वनम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटी तथा दुई एमे...