दूरसञ्चार कम्पनीको अठारौं वार्षिक साधारणसभा, नगद लाभांश वितरणको प्रस्ताव पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रियसभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए । उनका अनुसार सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरी...