कांग्रेस राजनीतिप्रति खगेन्द्र संग्रौलाको टिप्पणी- जो छुट्न योग्य छन् ती छुटे, ठिकै त भो !

लेखक खगेन्द्र संग्रौलाले नेपाली कांग्रेसभित्र विकसित घटनाक्रमबारे टिप्पणी गरेका छन्  । उनले कांग्रेस फुटेको नभएर छुट्न योग्य पात्र छुटेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक टिप्पणी लेख्दै उनले कांग्रेस नाउँको रेलको पछिल्लो डिब्बा लिकबाट छुट्टिएर  कान्लामुनि खस्यो बताएका छन् । ‘जिज्ञासुजन सोध्छन्- कांग्रेस फुट्या हो ? मेरो जवाफ- फुट्या होइन, कांग्रेस नाउँको रेलको पछिल्लो डिब्बा लिकबाट छुट्टिएर  कान्लामुनि खस्या हो’, संग्रौलाले लेखेका छन्, ‘यो डिब्बामा कांग्रेसका विचार, विवेक र समयचेत...