नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि सुशील कोइरालाले भनेका थिए– देउवाको हातमा गए पार्टी सग्लो रहन्न । २०६७ असोज ६ गते कांग्रेस सभापति निर्वाचित भएपछि पनि देउवाप्रति सुशीलको शंका मेटिएको थिएन । गिरिजाप्रसाद कोइरालाको शब्द सापटी लिँदै सुशीलले भन्ने गरेका थिए– कांग्रेसविरुद्ध ग्र्यान्ड डिजाइन छ । २०६४ सालमा देउवा मूलधारमा आइसकेपछि पनि २०५९ सालमा कांग्रेस विभाजनको डोब मेटिएको थिएन । सुशील कोइरालाले १५ वर्षअघि गरेको भविष्यवाणी २०८२ सालमा प्रमाणित भयो । देउवाकै हठका कारण देश...